ठेलाको मःम व्यापारीको गीत सार्वजनिक



ठेलामा मःम बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत साला काठमाडौं सार्वजनिक गरिएको छ। गायक बन्ने सपना बोकेरै काठमाडौं आएका कपिलले लामो समयदेखि बानेश्वर चोकमा ठेलामा मःम बेच्दै आएका थिए।

उनको गायकी क्षमताको युट्युबमा चर्चा भएपछि उनी एकाएक चर्चित भएका थिए। उनै कपिलले पहिलोपटक आफ्नो आवाजमा गीत निकालेका हुन्। निरज भट्टको शब्द रहेको गीतमा कपिलकै संगीत रहेको छ। ठूल्ठूला सपना बोकेर काठमाडौं आउने युवा तथा उसले काठमाडौंमा पाउने असफलता र दुःख बोल्ने गीतको म्युजिक भिडियोमा अभिनेता शिशिर भण्डारीले अभिनय गरेका छन्। काठमाडौंमा पाएको असफलतामा निरासा व्यक्त गर्न साला काठमाडौं भन्ने शब्द राखिएको कपिलको भनाइ छ।

सन्तोष खनाल ‘फिल्मी किरो’ को निर्देशनमा बनेको भिडियोमा वाईपी घिमिरेको छायांकन रहेको छ भने सञ्जीव श्रेष्ठले सम्पादन गरेका छन्। गीतको भिडियो नयाँ नयाँ न्युज नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्