ट्रेन दुर्घटना



कोपेनहेगन,(एजेन्सी)
डेनमार्कको ग्रेट बेल्ट ब्रिजमा बुधवार भएके एउटा ट्रेन दुर्घटनामा छ जना मानिसको ज्यान जानुका साथै अन्य सोह«जना घाइते भएको प्रहरीले जनाएको छ । रेलवे नेटवर्क अधिकारीहरुले भिषण आँधिहुरी चलिरहेको अवस्थामा अचानक ब्रक लगाउन पुग्दा एउटा मालवाहक ट्रेन र यात्रुवाह ट्रेन आपसमा ठोकिएके जनाएका छन् ।

अझै ट्रेनभित्र फसेका करिव एक सय यात्रुलाई निकाल्ने काममा उद्धारकर्मि जुटिरहेका छन् । स्थानिय समय अनुसार बिहान करिव ७ बजेर ३५ मिनेट जाँदा राजधानी कोपेनहेगनको ओडेन्सबाट हिंडेको ट्रेन अर्को यात्रुवाहक ट्रेनसंग ठोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्