युनेस्कोबाट अलगिए



पेरिस (एजेन्स)
अमेरिका र इजरायल आधिकारिक रुपमै संयुक्त राष्ट्र शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन (युनेस्को)बाट अलग भएका छन् । दुबै देशले युनेस्कोबाट अलग हुने प्रक्रिया करिब १ बर्ष अगाडी थालेका थिए । उनीहरु दुबैको युनेस्को इजरायल विरुद्ध पुर्वाग्रहबाट ग्रसित भएको आरोप छ ।

यसलाई उक्त विश्व संगठनका लागि ठुलो झट्काका रुपमा लिइएको छ । दोस्रो विश्व युद्धपछि स्थापित गरिएको युनेस्कोको संस्थापक देशमा अमेरिकापनि समावेश छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युनेस्कोबाट अलग हुने सुचना सन् २०१७ मा दर्ता गरेका थिए । त्यसको लगत्तै इजरायलका प्रधानमन्त्री नेतान्याहुले पनि अलग हुने सुचना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्