सिटिजन्स बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सम्पँर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कायर्कारी अधिकृतसुरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्