अमेरिकी पक्राउ



मस्को,(एजेन्सी)
रसियाको राष्ट्रिय सुरक्षा निकाय ( एफएसबि ) ले राजधानी मस्कोमा जासुसी गरिरहेकै अवस्थामा एकजना अमेरिकी नागरीकालाई गिरफतार गरिएको सोमवार जनाएको छ ।

रसियाको राष्ट्रघात विरुद्धको प्रमुख सुरक्ष निकाय एफएसबिका अनुसार पाउल व्हेल्म नामक तिनलाई २८ डिसेम्वरमा पक्राउ गरिएको हो । एफएसबिले यस सम्वन्धमा थप विस्तृत विवरण सार्वजनिक गरेको छैन । यदि अभियोग प्रमाणित भएको खण्डमा व्हेल्मलाई १० देखि २० वर्ष लामो कारावास संजाय हुनसक्ने रसियाको तास समाचार निकायले जनाएको छ । अमेरिकाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्