भूकम्पको केन्द्र विन्दू गएको गाउँमा प्रभु बैंकको शाखा



गोरखा, (नेस) २०७२ सालको भँकम्पको केन्द्र विन्दँ रहेको गोरखाको बारपाकमा प्रभु बैंकले शाखा स्थापना गरेको छ । बारपाक सुलिकोट गाउँपालिकाको सहजीकरणमा बारकमा प्रभु बैंकले आफ्नो शाखा विस्तार गरेको हो । उक्त शाखा पँर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

बारपाक शाखाको उद्घाटनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलगायत बारपाक पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्