सिंहदरवारको उपलब्धी



सार्वजनिक विदा कहिले कस्तो परिस्थितीमा हुन्छ भन्नेबारेमा पाठकवृन्दलाई थाह भएकै कुरा हो । धेरै सार्वजनिक विदा पूर्व निर्धारित मितिमै हुन्छन्, केही भने आकस्मिक हुन्छन् । रौतहटको एक नगरपालिकाले अचम्मै किसिमको आकस्मिक विदा तोकेकोमा धरहराले निकै तिरिमिरी झ्याइँ भाछ ।

कटहारिया नगरप्रमुख सिताराम प्रसाद कुशवाहाले सर्वोच्च अदालतमा विचाराधिन एक मुद्धामा निर्दोष सावित भएको खुशीयालीमा सो नगरले सार्वजनिक विदा तोकेको खवर सुन्दा धरहरालाई सपना र विपना छुट्याउन निकै गाह्रो भयो । ‘आज आइतवारका लागि सार्वजनिक विदा’ भन्ने व्यहोराको विज्ञप्ती जब नगरका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरसहित सार्वजनिक भयो, नपत्याईँ सुखै भएन ।


सरकार गाउँ–गाउँमा सिंहदरवार पुग्यो भन्दा त्यसको उपलब्धी यस्तै त होला । कुरो यस्तै हो भने अब कुनै नगर वा गाउँपालिका प्रमुख÷उप प्रमुखको घरमा छोरा÷छोरीको विहे, नाती÷नातिनाको पास्नी र ब्रतबन्ध जस्ता धार्मिक कार्जे अनि सम्बन्ध विच्छेद भएको खण्डमा सार्वजनिक विदा तोकियोको खवर सुनियो भने अनौठो नमाने भो । त्यस्तै बलियो प्रमाणका लागि हेरौ त रौतहटको विज्ञप्ती ।

 

प्रतिक्रिया दिनुहोस्