नयाँ युगको शुरूवात भएको अनुभूति गर्न आतुर



नेपालमा सामाजिक सुरक्षा योजनालाई नयाँ युगको शुरूवात भएको रूपमा उद्घोष भएको छ। भव्य कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घोष गर्नुभएको सामाजिक सुरक्षा योजनालाई मुलुकको श्रम क्षेत्रमा ठूलै उपलब्धिको रूपमा लिन सकिन्छ। तर विनाछलफल र तयारी कुनै पनि नयाँ कार्यक्रमको घोषणा तथा यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण भने अवश्य देखिन्छ। यसमा साना–ठूला सबै कम्पनीहरूले साथ दिए भने सफल हुनेमा शंका छैन। तर यातायात क्षेत्रमा भएको सिन्डिकेट तोडेको घोषणाजस्तै भयो भने के गर्ने ?

हुन त चुनौतीहरूसँगै अवसरहरू पनि आउँछन्। प्रभावकारी तथा परिणाममुखी कार्यान्वयनका लागि सम्बद्ध सरोकारवाला पक्षहरूले आ–आफ्नो तर्फबाट निरन्तर प्रयास जारी राख्नुपर्दछ। यसमा सरकार पनि अडिग हुनै पर्छ। वास्तवमा यसलाई सफल पार्नका लागि सरकार, रोजगारदाता संघसंस्थाहरू र श्रमिक तथा मजदुरहरूले संयुक्तरूपमा प्रयास गरे भने योगदानमा आधारित सामाजिक सुरक्षा योजना तथा कार्यक्रम सफल हुने कुरामा द्विविधा रहँदैन।

तर रोजगारदाताहरूबाट नै सहयोग भएन भने त्यसपछि के गर्ने रु अहिलेदेखि नै सरकारले पाइला चाल्नु जरुरी छ। हामी श्रमिक तथा मजदुरहरू घोषित नयाँ युगको शुरूवात भएको अनुभूति गर्न आतुर छौं।
– मिलन चापागाईं, नारायणगढ, चितवन।

प्रतिक्रिया दिनुहोस्