बुज्रुक विद्या



‘बधाई’ र ‘समवेदना’ शब्दको विस्तृत अर्थ केलाउनु पर्दैन। कस्तो परिस्थितिमा यस्ता शब्द प्रयोग गरिन्छन् भन्ने कुरा पाठकवृन्दलाई घामझंै छर्लंग थाहा छ। निरक्षर व्यक्तिले पनि समय परिस्थितिअनुसार यस्ता शब्दलाई मेलोमेसो मिलाएर प्रयोग गरिरहेकै छन्।

तर, निकै पढे लेखेका र बुज्रुकहरुको बाहुल्य रहने हाम्रा सरकारी निकाय यस्तो मामलामा निकै कमजोर रैछन् भन्ने प्रस्ट भएको छ। केही दिनअघि इन्डोनेसियामा सुनामीले ठूलै जनधनको क्षति पु¥याएकोमा राष्ट्रपति भण्डारीले ‘बधाई’ ज्ञापन गरेको शब्द समेटेर परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको देख्दा धरहरा लाजले लल्याकलुलुक भएको छ।

कुरो यति मात्रै होइन। राष्ट्रपतिले कालिकोटका आगलागीपीडित परिवारप्रति सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत् व्यक्त गरेको दुःखको व्यहोरालाई राष्ट्रपति कार्यालयले छुट्टै विज्ञप्ति तयार गरेको देख्दा अचम्म मान्नेहरुसहर बजारमा निकै बाक्लै छन्। धरहराले बुझ्न नसक्या कुरा राष्ट्रपति कार्यालयको ‘ट्विट’ आफैंमा आधिकारिक होइन र रु अनि ‘ट्विट’ आफैंमा विज्ञप्ति सो सरह हो भन्ने कुरा राष्ट्रपति कार्यालयका बुज्रुकहरुले बुझ्ने कहिले रु

प्रतिक्रिया दिनुहोस्