हाटा संसद्



संघीय संसद्को हिउँदे अधिवेशन आज बुधबारबाट शुरू हुँदै छ। यो अधिवेशन विशेष हुने रे, सभामुख महराले यस्तै तयारी गरेको बताएपछि धरहराको चासो बढ्या छ। मन्त्री र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिने भएकाले अधिवेशन विशेष हुने उनको तर्क छ।

सरकार र संसद्का गतिविधिबारे जनतालाई सन्देश दिन यस्तो अभ्यास गर्न लाग्या रे। कुरो ठिकै हो कि जस्तो लाग्यो, तर सवालजवाफमा नयाँ कुरो चाहिँ के होला र खै रु सरकारले नयाँ काम त धेरै ग¥या सुनिन्छ, प्रशंसनीय काम पनि ग¥या भए पो संसद्मै सवाल जवाफ चलाउनु।

घरभाडा, तेल, गाडी सुविधा मात्रै होइन, सांसद र मन्त्री पत्नीका ‘साडी सुविधा’ थपिएको थपिएकै छ क्यारे, यस्तैयस्तै उपलब्धीको सवालजवाफ त चल्ने होला नि’ अनि कहिलेकाहीँ त संसद्मा कोरमै नपुग्या खबर पनि सुनिन्छ, मन्त्री व्यस्त हुने देशमा प्रधानमन्त्रीको झन् के कुरा, त्यस्तो अवस्थामा चाहिँ संसद् कसरी प्रभावकारी बन्छ होला रु

अनि अर्को कुरो कन्र्फम छ, यसपटकको संसद्मा पनि ‘हाटा’ सांसद धेरै हुनेछन्। हाजिर ग¥यो टाप ठोक्यो। हाटा बाहुल्य सांसद हुने भएसी संसद् विशेष हुने हो कि, धरहराले यस्तै बुझ्या छ। बरु कुनैकुनै अधिवेशन त ‘हाटा’ अधिवेशन बनाए पनि हुने, त्यसै विशेष भइहाल्छ नि ’

प्रतिक्रिया दिनुहोस्