बेदकोटका मेयर भीनपाका पर्यटकीय क्षेत्रको अवलोकनमा



मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्द कञ्चनपुर भित्रकै छिमेकी नगरपालिका भीमदत्तका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकनमा रहेका छन् ।

चन्दले आइतबार मात्रै भीमदत्त नगरपालिकाको बाराकुण्डा तालको अवलोकन गरेका छन् । भीमदत्त नगरपालिका वडा नं. १८ का वडा सदस्य प्रशान्त भट्ट सहित नगर प्रमुख चन्दले जल पुनःभरण गरिएका तालको अवलोकन गरेका हुन् ।

अवलोकनमा गैर सरकारी संस्था महासंघ कञ्चनपुरका सचिव अमिर तिरुवा, बुद्धिजीवि उत्तम विष्ट लगायतका सहभागी भएका छन् ।

अवलोलकनपछि नगर प्रमुख विष्टले आफ्नो सामाजिक सञ्चालमा बाराकुण्डामा ताल पुनःभरण गरी ऐतिहासिक धार्मिक साँस्कृतिक सम्पदा संरक्षणका राम्रो कार्य भएको उल्लेख गर्दै आगामी दिनलाई यसलाई थप पूर्वाधार निर्माणका कार्य गरी आकर्षक बनाउन सुझाव दिएका छन् ।

गैर सरकारी संस्था महासंघका सचिव तिरुवाले नगर प्रमुख चन्द सहितले सबै तालको अवलोकन गरेको जानकारी दिए । भीमदत्त नगरपालिकाले धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न गत आर्थिक वर्षमा बाराकुण्डाका १२ तालमा जल पुनःभरण गरेको थियो ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिसित सहकार्यमा जल पुनःभरण गरिएको छ ।
भीनपाका नगर प्रमुख विष्टले बाराकुण्डालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न प्राथमिकताका साथ बाराकुण्डामा कार्यक्रम सञ्चालन गरेका थिए ।
‘गत वर्ष जल पुनः भरण गरिएको छ, बाराकुण्डाका १२ ताल संरक्षण, प्रवद्र्धन गरी धार्मिक पर्यटकीय स्थल बनाउन कार्यक्रम गरिएको हो’ नगर प्रमुख चन्दले भने,‘यसमा पूर्णा्गिरी माताका दर्शनार्थी पुगाउने लक्ष्य लिएर अघि बढेका छौ ।’

धार्मिक पर्यटन प्रवद्र्धनका लागि नगर प्रमुख विष्टले उत्तरी क्षेत्रमा रौटेलादेखि ब्रह्मदेबसम्म जैविक धार्मिक पर्यटन मार्ग बनाएका छन् । १८ मिटर चौडा मार्गले उत्तरी क्षेत्रका सबै धार्मिक पर्यटकीय स्थल एक आपशमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्