व्यवसायीक तरकारी खेतीमा तिजालीका महिला



विमल बिष्ट, डोटी ।
कुनै समय घाँस दाउरा र घराएसीकाम चुलो चौकोमा मात्रै सिमित हुने डोटीको शिखर नगरपालिका ६ तिजाली गाउका महिला हिजो आज व्यबसायीक तरकारी खेतीमा व्यस्त हुन थालेका छन् । सो गाउका महिलाहरुले आफनै गाउमा भगवती महिला कृषक समूह गठन गरेर व्यबसायीक तरकारी खेतीको सुरुवात गरेका छन् ।

महिलाहरुले सञ्चालन गरेको सो तरकारी खेती बाट राम्रै आम्दानी हुने गरेको शिखर नगरपालिका १ की स्थानिय पशुपती मल्लले बताउनु भयो । ‘पहिले महिलाहरु चुलो चौको र घास दाउरामै सिमित थिए’, उहाँले भन्नुभयोे ‘व्यासायीक रुपमा तरकारी खेती गरेपछि सबै व्यस्त भएका छन् र आम्दानी पनि मनग्य भएको छ ।’

शिखर नगरपालिकामा रहेको कृषि ईकाइ कार्यालयको सहयोगमा तिजाली गाउका महिलाहरुले व्यबसायीक तरकारी खेतीको सुरुवात गरेको भगवती महिला कृषक समूहकी अध्यक्ष दयमन्ती चन्दले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘कृषि ईकाइ कार्यालयले हामीलाई सहयोग र हौसला दिएकाले हामी व्याबसायीक तरकारी कृषक भएका छौ,आम्दानीपनि राम्रै हुने गरेको छ ।’ महिला समूहले सञ्चालन गरेको तरकारी खेती बाट घरको सबै खर्च कटाएर वर्षमा एक देखी दुई लाख सम्म आम्दानी हुने गरेको शिखर नगरपालिका कृषि इकाइ कार्यालयका प्रमुख मदन खड्काकाले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘हाम्रो सहयोगमा महिला समूहहरु तरकारी खेतीमा सक्रिए भएकाले लाखौ रकम आम्दानी गर्न थालेका छन् ।’ सो महिला समूहले अहिले आफ्नो बारीमा काउली,आलु, प्याज,टमाटर,बन्दा,मुला,रायो,धनिया लगायतका बिभिन्न खाले साग तरकारीहरु प्रसस्त रुपमा फलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्