मध्यपहाडी लोकमार्ग रुकुम खण्डमा धमाधम काम



धनवीर दाहाल, रुकुम ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडि लोकमार्गको रुकुम खण्ड काम धमाधम भैरहेको छ । यसबर्ष अघिल्ला बर्षहरुमा ट्रयाक खनिएको सडक खण्डमा स्तरबृद्धिको काम भैरहेको छ । रुकुम पश्चिम र रुकुम पुर्वमा बिभिन्न ८ खण्ड गरेर काम शुरुवात देखि नै भैरहेको छ । तर रुकुम पश्चिमको हाँसिबाङ देखि सेरीगाउँ सम्मको ठेक्का नै आह्वान नभएका कारण काम नभएपनि अन्य ७ खण्डमा भने कालोपत्रेका लागि आवश्यक काम भैरहेको हो ।

रुकुम पुर्वको भूमे गाउ“पालिका–१, को तुकुवाङखोलादेखि पूर्व बाग्लुङ जिल्लाको सीमासम्मको सडक खण्ड कालो पत्रे गर्न अन्तिम तयारी भैरहेको छ । सिद्धिसाइ प्रकाश निर्माण कम्पनीले कालो पत्रे हाल्नको लागि आवश्यक काम अघि बढाइरहेको छ ।

तुकुवाङखोलादेखि पश्चिमतर्फको किमुबोट सम्मको खण्डमा पनि कालो पत्रे तयारीको लागि बेस हाल्ने काम भैरहेको छ । चन्द्रा एण्ड बसन्त निर्माण कम्पनीले उक्त खण्डको लागि ग्रावेल सकेर कालो पत्रेका लागि बेस बनाउ“दै छ ।

किमुबोटदेखि पश्चिमतर्फ रुकुम पश्चिम मुसीकोट नगरपालिकाको रिनदह सम्मको सडक ग्रावेल गर्न धमाधम कटिङ, नाली निर्माण, ग्याविन जारी हाल्ने काम भैरहेको छ । कालिका प्यासाफिक जेभीले उक्त खण्ड ग्राबेलका लागि काम गरिरहेको छ ।

किमुबोटदेखि रुकुमकोट सम्म एउटा र रुकुमकोदेखि रिनदहसम्मको अर्को खण्ड छ । यो खण्डको कालो पत्रे सम्मको ठोक्का भैसकेको छ । रिनदहदेखि पश्चिमतर्फ शिलतपोखरी सम्मको १४ किलो मिटर सडक पनि कालो पत्रेको तयारी भैरहेको छ । एक बर्ष अघि नै कालीका कन्ट्रक्सन कम्पनीले ग्रावेल गरिसकेको उक्त खण्ड कालो पत्रेको लागि तयारी छ ।

सोही सडकको हासिवाङदेखि चौरजहारी नगरपालिकाको भेरी पुलसम्मको सडक खण्डमा ग्रावेलको काम चलिरहेको छ । दिवा–चन्द्रा एण्ड बसन्त जेभीले यो खण्ड ग्रावेलको काम गरिरहेको छ । यसमा २ खण्ड बनाएर काम भैरहेको छ ।

हासिवाङदेखि चाइनबागर सम्म र चाइनाबगरदेखि चौरजहारी भेरीपुल सम्म ग्रावेलको काम भैरहेको छ । कालो पत्रे ठेक्का लागि सकेको रुकुमपूर्वका २ खण्ड र रुकुम पश्चिमको एउटा खण्डको निर्माण सक्ने समझौता एक बर्षको मात्रै छ ।

रुकुमपूर्व भूमे गाउ“पालिकाको किमुबोटदेखि तुकुवाङखोलासम्म तुकुवाङखोलादेखि रुकुमपूर्व तथा बाग्लुङको सीमाना सम्मको र रुकुम पश्चिम मुसीकोट नगरपालिकाको शितलपोखरीदेखि रिनदह सम्मको सडक कालो पत्रेको काम एक बर्ष भित्रै सकिने निर्माण कम्पनीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्