के भनौ र खै ?



काठमाडौंमा घर भएरपनि घर भाडा लिन कन्जुस्याइँ नगर्ने माननीयहरुको लर्को लामै रहेछ । सञ्चार माध्यम मार्फत यस्तो खवर छताछुल्ल भएपछि माननीयहरुको मन कटक्कै काट्या छ ।

‘यति साह्रै पो लम्पट रैछन् हाम्रा नेता’ आफ्नै कार्यकर्ताले यस्तै शैलीमा आलोचना गरिरहँदा नेता ‘निकै विचरा’ भा छन् । होइन भनौ कसरी, हो भनौ कसरी ? यहि काण्डमा मुछिएका केही माननीयलाई स्पष्टीकरण दिन भ्याईनभ्याई छ । ताप्लेजुङ्गे कम्रेड भट्टराईले पैसा फिर्ता गर्न आफू तयार रहेको बताएपछि केही ‘हाइव्रिड कम्रेड’ पनि उस्तै शब्द सापटी लिन थाल्या छन् ।

त्यस्तो राप र ताप प्रतिपक्षी काँग्रेसमा पनि देखिएको धरहराले सुन्न थाल्या छ । अब यस्तै हो भने धेरै माननीय घर भाडा फिर्ता गर्न तछाड मछाड देखिने नै भए । तर धरहराले बुझ्न नसक्या कुरा नेताहरुले घरभाडा मात्रै होइन, देशलाई फिर्ता गर्नु पर्ने अन्य कुराको सूची पनि निकै लामो छ क्यार ।

आफ्नालाई काखा र अन्यलाई पाखा लगाएर बरिष्ठ बनेका नेताका उदाहरण कति छन् कति ? राज्यकोषको निधक्क दोहन गर्दै उपचारका लागि विदेशिने अनि उपचारपछि तङ्ग्रिएर राज्यलाई सावा त के व्याजको समेत गुन लगाउन हिचकिचाउने महोदयहरुलाई के भनौ र खै ?

 

प्रतिक्रिया दिनुहोस्