ताक्लाकोट सडक खण्ड निर्माणमा तीव्रता



ललित सिंह, बझाङ
बझाङ्ग चैनपुर ताक्लाकोट सड्क खण्ड तिब्र गतिमा निर्माण भैरहेको छ । छिमेकी राष्ट् चिनसंग सिमा जोडिएको हिमाली जिल्ला बझाङ्गको बिकट साईपाल गाउँपालिका हुदै ताक्लाकोट तिब्बतमा नाका जोड्ने सड्क अहिले तिब्ररुपमा निर्माण कार्य भैरहेको छ । सो सड्क खण्डमा दुईवटा ठेकेदारहरुको ठेकका भई निमार्ण कार्य सुरु भएको हो ।

चैनपुर सदरमुखकाम देखि रुवतोला १८ किलोमिटर सड्क खण्ड राजेन्द्र निमार्ण सेवा प्रा ली २२ करौडमा ठेक्का लिई ५० प्रतिशत काम सम्पन्न गरी बाँकि काम तिब्रगतिमा भएको छ भर्ने रुपातोला देखि साईपाल गाउँपालिकाको धुली गाउँ सम्म सोच्छन्द्रबाँनिया नार्गाजुन जे.बी ले निर्माण ७५ करौड ८५ लाख ५३ हजार ५सय मा सम्झौता गरी २०७४ असार देखि काम सुरु गरी २०७८ भदौ २८ गते सम्म चैनपुर ताक्लाकोट जाने सड्क निर्माण गर्ने लक्ष लिएर एकदमै रफ्तार गतिमा निमार्ण कार्य भैरहेको छ । सो चैनपुर ताक्लाकोट सड्क खण्ड ८२ किलोमिटर रहेको छ ।

काम गने सिलशिलामा कहिले काहि स्थानियहरु बाटै बिवाद आईरहेको छ स्थानियहरुले बिरोध गरे पनि यो राष्ट्यि रुपको गौरबको ताक्लाकोट जोड्ने सड्क हुदा पहिलेको भन्दा अहिले बाटो पनि राम्रोभएको छ र काम पनि धमाधम भैरेहेको राजेन्द्र निर्माण सेवाका प्रतिनीधि योगेश काठयतले जानकारी दिएका छन् ।

चैनपुर ताक्लाकोट सड्क निर्माण अहिले दुत्र गतिमा गैरहेको छ । अबको द्रोसा्रे चरणको टेन्डर पनि छिटो खोली यहाँको बिकास र ७ नं. प्रदेशको बिकास हुने छ । यो नाका सञ्चालन भए पछि चाईनाबाट कच्चा पर्दाथ ल्याएर बझाङ्गमा कलकारखाना खोल्न सकिने बझाङ्गी जनताको आशा रहेको छ ।
चैनपुर ताक्लाकोट सड्क केबल बाटोको लागी मात्र नभई महत्व पुर्णभुमिका खेल्छ । यस नाकाले त्रिदशिय देश संगको ब्यापारीक नाका को रुपमा पनि सहज हुन्छ । पहिले देखिनै साईपाल गाउँपालिकाका स्थानियहरको कारोवार ताक्लाकोटमा नै ब्यापारिक कारोवार हुने गरेको छ । धार्मीक पर्यटकहरुको लागी एक दमै छोटो र महत्वपूण सड्कमार्ग भएको छ ।

८२ किलोमिटर चैनपुर ताक्लाकोट सड्क खण्ड करिब ३० किलोमिटर काम भैसकोको छ । यस बाटोले धेरै फाईदाको रुप लिन सक्ने छ । पर्यटकीय ढृष्टीकोणले यो बाटो धेरै महत्वपूण भुमिका खेल्छ । त्रिदशीय देशसंगको ब्यापारिक ट्रायान्जिट पईन्ट हुन्छ । बझाङ्गी जनताहरुको र ७ नं. प्रदेशका जनताको समृद्धिको मार्ग बन्न सक्छ ।

प्रचार प्रसारको कमीले नै राज्यको आखाँमा सोचेको समय भन्दा ढिला पर्न गएको बझाङ्गको ताक्लाकोट नाका नेपाल बाट सिमा जोडिएका नाकाहरु मध्ये सबै भन्दा नजिक र त्रिदशिय ब्यापारिक को एक मुख्य केन्द्र पनि हो । जिल्लाको सदरमुखकाम चैनपुर देखि साईपाल गाउँपालिका हुदै तिब्बतको ताक्लाकोट सम्म ८२ किलोमिटरको दुरीमा छिमेकी राष्ट् चिनको ताक्लाकोट पुगिन्छ ।

यस नाकाको स्तरउन्नती सरकारले छिटो गर्ने हो भने अन्य ठाउँको भन्दा बढी लाभ लिन सकिने छ र छिमेकी देशबाट आयात भएका बिभिन्न सामानहरु अर्को देश संग सहजै ब्यापार गर्न सकिन्छ । यसले गर्दा यो चैनपुर ताक्लाकोट सडक खण्डलाई राज्यले प्राथमिकतामा राखी छिटो खुलाउन सके जिल्लालाई मात्र फाईदा नभई पुरै देशनै फाईदामा जाने निश्चितदेखिन्छ ।

प्रतिक्रिया दिनुहोस्