इपिएल विजेताले २५ लाख पाउने



काठमाडौँ ।
काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेता टोलीले रु २५ लाख पाउने भएको छ ।

आयोजक इपिएल प्रालिले आज विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो । गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो । गतवर्षको पुरस्कार रकम भन्दा यसवर्ष रु चार लाख वृद्धि गरिएको छ । प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछ । प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टिभीएस अपाचे मोटरसाइकल पाउनेछ ।
रासस

प्रतिक्रिया दिनुहोस्