संकलन गरी राखेको खोटोमा आगलागी



ललित सिंह, बझाङ ।
खोटो संकलन गरी राखेको ठाँउमा आगलागी भएको छ । मंगलबार दिउसो अचानक आगलागी भएको हो । दिब्या रोजीन कम्पनीले जयपृथ्वी नगरपालीकाको भोपुर बजार नजीकै खोटो संकलन गरी राखेको ठाँउमा एक्कसी आगलागी भएको हो । आग लागी बाट नजीकै रहेका कुखुरा फार्म र अन्य टिनका टहरामा समेत क्षती भएको स्थानीय बासिन्दा रमेश केसीले बताउनु भयो । के कती आरणले आगलागी भएको हो र कस्ले आगो लगाएको हो भन्ने बारे केही पनी जानकारी नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिब्या रोजीन खोटो संकलन कम्पनीले संकलन गरी राखेको ठाउँमा एक्कासी आगलागी भएको हो । आगो कसरी ,कस्ले लगायो भन्ने अनुशन्धान भैरहेकोछ ।

आगलागीबाट चैनपुर ताक्लाकोट सड्क खण्ड निर्माण गरीरहेको लुम्बीनी राजेन्द्र निर्माण सेवाको पनि आगलागी बाट डिजेल ,पेट्रोल गरी करिब १ लाख बराबरको क्षती भएको लुम्बीनी राजेन्द्र निर्माण सेवाका प्रतिनीधि योगेश कठायतले बताउनु भएको छ । खोटो संकलन गरी राखेको ठाउँ पनि आफ्रनो अफिस नजिक रहेकाले आगलागी बाट केहि तरल प्रदाथ हटाउदाँ क्षेती भएको बताए ।

आगलागी बाट के कतीको क्षती भयो भन्ने पनी खुल्न सकेको छैन । खोटो संकलन गरी राखेको ठाँउमा आगो लागेको देखे पछी स्थानी बासिन्दाहरुले दमकलका लागी खबर गर्दा पनी दम्कल चाकल नजीक नभएका र दमकल समेत चिसोका कारण नचले पछी थप समस्या भएको थियो ।

आगलागी भएको ४० मिटेन पछी मात्रै घटना स्थलमा दम्कल पुगेको स्थानीय बासिन्दाले बताएका छन् । अहिले पनी आगो लाई नियन्त्रणमा लिन नसकीएको र आगो नियन्त्रणमा लिनका लागी स्थानीय बासिन्दा नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरीहरु लागी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना स्थलमा प्रमुख जिल्ला अधिकार, नगर प्रमुख, शशत्र प्रहरीका प्रमुख प्रहरी नायब उपरिक्षक नेपाली सेनाका प्रमुख लगायतको समेत उपस्थित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्