थोमस बने बीबीसी स्पोर्ट्स पर्सनालिटी



लन्डन, (एजेन्सी)
टूर डे फ्रान्सका विजेता जेरेन्ट थोमस बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ दी ईयर २०१८ घोषित भएका छन् ।

थोमसले यस वर्ष आफ्नो नवौ सहभागितापछि विश्वप्रसिद्ध साइकल प्रतियोगिता टूर डे फ्रान्सको उपाधि जितेका हुन् । योसँगै उनले टूर डे फ्रान्सको उपाधि जित्नुपूर्व सर्वाधिक पटक उक्त प्रतियोगितामा सहभागी हुने रेकर्ड समेत बनाएका छन् ।

बीबीसी पर्सनालिटी अफ दी ईयर जित्ने ३२ वर्षीय थोमस वेल्सका पहिलो साईकल प्रतियोगी हुन् । गत महिना सायम्रु वेल्स पर्सनालिटी अफ दी ईयर घोषित भएपश्चात उनलाई यस अवार्डको प्रमुख दावेदारको रुपमा हेरिएको थियो । जितपश्चात उनले वेल्स र ब्रिटेनको प्रधिनिधित्व गर्न पाउँदा गौरान्वित हुने गरेको बताए । उनले भने,–“यो वर्ष ब्रिटिश खेल क्षेत्रका लागि उपलब्धिमूलक भएको र भविष्यमा अझै सफलता हात लाग्दै जानेछ ।“

उक्त अवार्ड अन्तर्गत बर्षको उत्कृष्ट प्रशिक्षक इंग्लिस राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक गेरेथ साउथ गेट घोषित भए । यस्तै इंग्लिश फुटबल टिमलाई टिम अफ दि ईयर, लाइफटाइम अचिभमेन्ट अवार्ड बिल्ली जीन किंग, वल्र्ड स्पोर्ट्स स्टार अवार्ड फ्रान्सिस्को मोलिनारी, योन्ग स्पोर्ट्स पर्सनालिटी अफ दी ईयर कारे एडेनेगान घोषित भए ।

प्रतिक्रिया दिनुहोस्