भारतीय प्रभाव



रहर होइन, बाध्यता र कहर । नेपालमा नुनदेखि सुनसम्मको कारोबारमा भारतीय प्रभाव रहँदै आएको घामझैं छलङ छ । उहिल्यै पुर्खाकै पालादेखिको प्रभावलाई अहिले पनि निरन्तरता दिनुपर्ने बाध्यता छ । गीत संगित र फिल्ममा भारतीय दबदबा छ, राजनीतिको त झन् के कुरा गर्नु ?

रोटीबेटीको साइनो सम्बन्ध कयौको घरबारसँग जोडिएको छ । कुरो रोटीबेटीको मात्रै होइन, मौसमी प्रभाव पनि भारतीय भूमि हुँदै नेपाल भित्रिन्छ भन्या । मौसमको मुड भारतीय वायुमा निर्भर रहन्छ । मौसम ठुस्कियो भने आम नेपालीलाई सकस पर्छ । अहिले त्यति भाछ, बंगालको खाडीको दक्षिण–पश्चिम क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ले गर्दा धेरै नेपालीको मुड अफ गराएको छ ।

धेरै दिन अघि घुम्न, डुल्न जाने मुड बनाएर अनेकौ योजना बुनेका मायालु जोडी घरमै खुम्चिएका छन् । झन् बुढा पाका र उनका नाती नातिनाको के कुरा ? ‘फेथाई’ले खै कता कता हिमपात र वर्षा गराउने मौसमविद्हरुको ठहर छ । तर धरहराले बुझाई फरक छ–यस्तै हो भने अहिलेको भारतीय प्रभावले धेरै मायालु जोडीको ‘ब्रेक अप’को संभावना पो बढ्यो त ।

प्रतिक्रिया दिनुहोस्