लो स्कोरिङमा ललितपुरको जित



नेपाल समाचारपत्र, काठमाडौं ।

जारी एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगितामा ललितपुर पेट्रियट्सले लगातार चार खेल जितेको छ ।

आईतबार त्रिवि मैदानमा भएको लो स्कोरिङ खेलमा ललितपुरले भैरहवा ग्लाडियटर्सलाई ६ विकेटले पराजित गरेको हो । यो ललितपुरको पाँचौ खेलमा चौथो जित थियो भने भैरहवाको दोस्रो हार थियो । दुबै टोली पहिले नै प्लेअफमा पुगिसकेकाले यो हारले भैरहवालाई कुनै खास फरक पारेन । तर यसले लिगमा शीर्ष स्थान टोलीको तय गरेको छ । जसअनुसार ललितपुर ८ अंकसहित शीर्ष स्थानमा रह्यो ।

टस जितेर फिल्डि रोज्नु ललितपुरका लागि सहि ठहरियो । टोलीका बलरले आक्रमक बलिङ गरेपछि भैरहवा १९ ओभरमा ९२ रनमै समेटिएको थियो । टोलीका रायन टेन डोएसकेटले सर्वाधिक ३७ रन जोड्दा रवि इन्दर सिंहले २५ रनको योगदान दिए । विदेशी खेलोडीले राम्रो खेलेको पीचमा नेपाली खेलाडी निरीह सावित भएका थिए । कोही पनि खेलाडीले दोहोरो अंक पनि छुन सकेनन् । कप्तान सरद भेषवाकर १ रनमै पवेलियन फर्केका थिए ।

ललितपुरको बलिङमा सनी पटेल सबैभन्दा घातक बने । उनले ४ ओभरमा ५ विकेट लिन केवल १२ रन खर्चेका थिए । तर योगेन्द्रसिंह कार्कीले भने क्रिजमा जमिरहेका रायन र रविको विकेट लिएर ललितपुरलाई ठूलो सफलता दिलाएका थिए । यस्तै रशीद खानले पनि दुई विकेट नै हात पारे ।

जवाफमा ललितपुरले ४ विकेट गुमाएर १४.२ ओभरमा ९६ रनमा पुगेर लक्ष्य भेटाएको थियो । त्यसो त भैरहवाका बलरले शुरुवातमा ३ विकेट लिएर ललितपुरलाई संकटमा पारेको थियो । तर ओपनर जयकिशन कोल्सावाला २२ रनमा र सन्दीप झोरा १८ रनमा नटआउट हुँदै टोलीको जित सुनिश्चित गरेका थिए । यसअघि सरदको बलमा बोल्ड हुन अगाडि पवन शराफले २५ रनको योगदान दिएका थिए । बलिङमा भैरहवाका लागि रायनले दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्