कृषि विकास बैंकका सीईओको कार्यकाल पूरा



काठमाडौं, (नेस)
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको चार वर्षे काल पँरा भएको छ । बैंकिङ क्षेत्रका क्याडर मानिएका सिटौलाको कार्यकालमा बैंकले समग्र व्यवसाय विस्तार, बैंंकभित्र सु–शासन कायम गरी बैंकलाई उच्च मुनाफामा पु¥याउन महत्वपँर्ण भँमिका खेल्नु भएको थियो ।

मुलुककै दोस्रो ठँलो वाणिज्य बैंक बनाउन महत्वपँर्ण भँमिका खेल्नु भएका सिटौलाको नेतृत्वमा प्रतिस्पर्धी बैंकिङ बजारमा अब्बल र सशक्त बैंकको रुपमा स्थापित गराउन सहयोग मिलेको थियो ।

२०७१ मंसिर २८ गते सीईओमा नियुक्त भएका उहाँले ६ प्रतिशतमा रहेको निष्कृय कर्जा २ प्रतिशतमा झारेका छन् । त्यस्तै उहाँको कार्यकालमा कर्जा लगानी ६५ अर्बबाट वृद्धि भई एक खर्ब एक अर्ब पुगेको छ ।

६६ अर्बको निक्षेपलाई बढाएर करिब एक खर्ब पाँच अर्ब पु¥याएको, लामो समयदेखि फछ्र्यौट हुन नसकेको करिब चार अर्ब ७५ करोड बराबरको कर दायित्व हिसाब फछ्र्यौट भएको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । बैंकले आव २०७४÷७५ मा पाँच अर्ब ५७ करोड नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्