सामाजिक दायित्व बहन गर्दै पूर्व विद्यार्थी



महेश न्यौपाने, रोल्पा । रोल्पाका विभिन्न विद्यालयमा अध्ययन गरि बहुआयामिक क्षेत्रमा कृयाशील पुर्व विद्यार्थीहरुले आफुले अध्ययन गरेको विद्यालयलाई संझन थालेका छन । पूर्व विद्यार्थीहरुको साझा मंच मार्फत आफुले हासिल गरेका सिकाई भोगाई र अनुभवहरु साटासाट समेत हुन थालेका छन ।

जिल्ला सदरमुकाममा रहेको बालकल्याण नमूना माविले सुरुवात गरेको सो अभ्यास अहिले जिल्लाका अन्य विद्यालयले समेत अनुसरण गर्न थालेका छन ।
पछिल्लो पटक पश्चिम रोल्पाको पुरानो विद्यालय जनजागृती माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले पनि यस्तो अभियान थालनी गरेको जनाउ दिएका छन ।

पूर्व विद्यार्थीहरुलाई संगठित गरि हासिल गरेका अनुभव र सिकाईलाई विद्यालय सुधारमा लगानी गर्ने सोचका साथ पूर्व विद्यार्थीहरुलाई संगठित गर्ने सोच वनाएका छौ जनजागृती मावि जुगारका पूर्व विद्यार्थी शोभाराम डाँगीले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल घर्तीमगरको अध्यक्षतामा भएको प्रारम्भिक भेलाले आगामी माघ २७ गते प्रथम वृहत भेला गर्ने निर्णय समेत गरेको छ । वृहत भेला तयारीका लागि शोभाराम डाँगीको संयोजकत्वमा ११ सदस्यीय समिति समेत गठन गरिएको छ ।

समितिमा भुपवहादुर भण्डारी, खड्कवहादुर वली, टेकराज पुन, कविराज वुढा, ओमराज घर्ती, कर्णवहादुर वाँठामगर, काशीराम डाँगी, पार्वती घर्ती, सन्दीप थापा र संझना गिरी सदस्य रहेको संयोजक शोभाराम डाँगीले जानकारी दिए । समितिको सदस्य सचिवमा भूपवहादुर भण्डारीलाई तोकिएको वताइएको छ ।

तयारी समितिलाई आवश्यक सुझाव सल्लाहका लागि ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वली, उपाध्यक्ष सावित्रा वुढामगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रतिनिधि भक्तवहादुर घर्ती र अमृत वुढा, नेपाली कांग्रेसका प्रतिनिधि जीववहादुर खड्का,विप्लव नेतृत्वको नेकपाका प्रतिनिधि खिमराज पुन, विद्यालयका प्रधानाध्यापक जीवराज भण्डारी, ५ नंवर वडाध्यक्ष कृष्ण केसी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर घर्ती सदस्य रहेका छन ।

गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको प्रमुख आतिथ्यता रहेको भेलाको उद्धेश्यवारेमा पूर्व बिद्यार्थी शोभाराम डाँगीले जानकारी गराएका थिए ।
यस अघि जिल्ला सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना मावि र पिताराज आधारभूत विद्यालयले समेत त्यस्तै कार्यक्रम गरि भेलाको तयारी गरिरहेका छन ।

वालकल्याण नमूना माविले निकट भविष्यमा सभामुख कृष्णवहादुर महराको प्रमुख आतिथ्यतामा प्रथम वृहत भेला आयोजना गर्ने तयारी गरिरहेको वताइएको छ । यसै गरि पिताराज आधारभूत विद्यालयले भेला आयोजना गरि १० लाखको अक्षयकोष स्थापना गर्ने लगायतका निर्णय समेत गरिसकेको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्