भीमफेदीको लाल्टिन बालेर



भीमफेदी गाइज र सृष्टि खडका फिचर म्युजिक भिडियो लाल्टिन बालेर सार्बजनिक गरिएको छ। अम्बिका गुरुङको शब्द र कोशिस छेत्रीको संगीत रहेको गीतमा लेखु सहयात्री र बबिना किरातीको स्वर रहेको छ। अम्बिका लामो समयदेखि गीत लेखनमा सक्रिय छिन्। रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोउत्कृष्ट बनेको छ। निसान कस्यप घिमिरेले निर्देशन गरेको भिडीयोलाई कमेडी रोमान्टिक शैलीमा तयार पारिएको छ। फर्पिंगमा खिचिएको म्युजिक भिडीयोलाइ उत्सब दाहालले खिचेका हुन्।
भिडीयोमा भीमफेदी गाइजको करियोग्राफी र बिकास दाहालको सम्पादन देख्न रहेको छ।

प्रतिक्रिया दिनुहोस्