भाले मयुर सार्वजनिक



गायक शम्भु राई तथा गायिकाद्वय ज्ञानु राई र सृष्टि लिम्बुको स्वरमा भाले मयुर बोलको लोक गीत भिडियोसहित हालै सार्वजनिक गरिएको छ।
ज्ञानु राईको रचना र संगीतमा रहेको गीतको भिडियोमा शुरविर पण्डीत र बसुन्धरा भुसालकोे रमाईलो नृत्य रहेको छ। सुरविर र वसुन्धरा विभिन्न रूपमा प्रस्तुत भएको गीतमा उमेर ढल्किए पनि हासखेल गरेर खुसी भई बाच्न सकिन्छ भन्ने भाव रहेको छ। भिडीयोलाई सागर गौतमले छायांकन गरेका छन् भने धम्रेन्द्र आचार्यले कोरीयोग्राफी र अशोक मल्लले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्