दोलखामा ट्रिपरकोे ठक्करबाट २ जना घाइते



रामचन्द्र वि.क., रामेछाप ।
दोलखाको तामाकोशी–१ गोपीखोला नजिकैको सडकमा शनिबार बिहान ट्रिपरले मोटरसाइकाललाई ठक्कर दिँदा मोटरसाइकालमा सवार दुई जना घाइते भएका छन् ।

दोलखाको तामाकोशीबाट मन्थली तर्फ आउँदै गरेको बा ५ ख २०२० नं. ट्रिपरले मन्थलीबाटा दोलखा तर्फ जाँदै गरेको बा ६२ प ४२९२ को मोटरसाइकाललाई ठक्कर दिँदा रामेछापको लिखुतामाकोशी–७ तिल्पुङका गणेश बहादुर बोहरा र अर्का मोटरसाइकाल चालक दिनेश गुप्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धन भइरहेको दोलखा प्रहरीले जानकारी दिएको छ ।

घाइते भएका दुबैको खुट्टामा गम्भिर चोट लागेको र उपचारको लागि काग्रेस नेता कान्छाराम तामाङको पहलमा हेलिकप्टद्धारा उद्धार गरी काठमाण्डौको लगी ग्राण्डी अस्पतलमा उपचार भइरहेको खिम्तीका जिवन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्