शुभ लभमा ज्योतिषको लभ



शुभ लभ नामक फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फिल्मको सार्वजनिक पोस्टरमा यसका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेललाई स्थान दिइएको छ।

युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलले यसै फिल्मबाट डेब्यु गरेका हुन्। फिल्मको सार्वजनिक पोस्टरमा एक प्रेमजोडीको रोमान्टिक अवतार प्रस्तुत गरिएको छ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन् भने निर्माता धर्मराज शर्मा सुवेदी हुन्। आगामी चैत १५ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई पुराना निर्माता तथा निर्देशक सन्तोषबाबु लोहनीले निर्देशन गरेका छन्। फिल्ममा हरिहर र कृष्टिनका साथमा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रवीन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे, डाक्टर सूर्या थापालगायतका कलाकारले अभिनय गरेका छन् भने निर्माता तथा हल सञ्चालक प्रदीपकुमार उदय पनि देखिनेछन्। फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्