आज इन्जिनियर्स एशोसियसनको चुनाव हुँदै, प्रगतिशील र लोकतान्त्रिक समूह प्रतिस्पर्धामा



काठमाडौं । आज नेपाल इन्जिनियर्स एशोसियन (एनईए) को नयाँ नेतृत्व चयन हुँदैछ । नयाँ नेतृत्वको लागि प्रगतिशील समूह र लोकतान्त्रिक समूहका इन्जिनियरहरु प्रतिस्पर्धामा उत्रिएका छन् । चुनाव काठमाडौको प्रज्ञा भवन कमलादीमा राखिएको छ । चुनावको समय भने बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्मको समय तोकिएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहको नेतृत्व प्रा.डा. त्रिरत्न बज्राचार्यले र लोकतान्त्रिक समूहको नेतृत्व ई.प्रा.हिरेन्द्रमान प्रधानले गरेका छन् ।

३२ औं कार्यकारिणी समिति र सातवटै प्रादेशिक कार्यकारिणी समिति चयनका लागि मतदान हुनेछ । केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६/१६ जना चुनिनेछन् । एशोसिएसनको कार्यकारिणी समितिको पदावधि दुई वर्ष हुने गर्छ ।

चुनावलाई स्वच्छ, निस्पक्ष बनाउने उद्देश्यले मतदानस्थलमा मोबाइल लैजान र फोटो खिच्न निषेध गरिएको छ । एशोसिएसनबाट वितरण गरिएको परिचयपत्र नक्कली बनाउन सकिने भएकाले आफ्नो परिचय खुल्ने अन्य सरकारी परिचय पत्र पनि साथमै लिएर जानुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्