सुश्री सम्पत्तिसँगै ३ फिल्म



आज अल नेपाल ३ फिल्म रिलिजमा आउने भएका छन्। आज शुक्रबार सुश्री सम्पत्ति, डोली र कथा ७२ एक साथ रिलिजमा आउन लागेको हो।

सुश्री सम्पत्ति गीत र ट्रेलरको कारण चर्चामा छ। पत्रकार सुव्रत आचार्यले निर्देशन गरेको फिल्ममा दुई बेरोजगार युवाले आफ्नो सपना परिपूर्ति गर्न अपनाउने गलत बाटो र त्यसमा आइपर्ने कठिनाइलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। फिल्ममा सलोन बस्नेत, विनोद न्यौपाने, सारा सिरपाइली, राजाराम पौडेल, प्रमोद अग्रहरी, विशारद बस्नेत, सुनीता श्रेष्ठ ठकुरीलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने प्रियंका कार्की विशेष भूमिकामा छिन्। रमेश त्वयना प्रस्तुतकर्ता रहेको फिल्मको कथा निर्देशक आचार्य आफैंले लेखेका छन्। विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारद्वारा निर्मित फिल्ममा अभिमन्यु निरवी र निर्देशक आचार्यको संवाद र भरत रेग्मीको सम्पादन रहेको छ।

डोली राजबहादुर सानेले निर्देशन गरेका छन्।

किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसार्इं, अर्जुन गुरुङ, सानिया खान, संगीता नापित, नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, शतीश खत्री, दामोदर खतिवडा, हिउँवाला गौतललगायतका कलाकारले अभिनय गरेका छन्। जयराम थापाले खिचेको फिल्म रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो।

त्यसै गरी कथा ७२ प्रवीण स्याङ्बोले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्