टीभीएस अपाचे दि भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कतारमा हुँदै



काठमाडौं, (नेस) नेपालको चर्चित रियालिटी शो टीभीएस अपाचे दि भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले शुक्रबार कतारको दोहामा हु“दैछ ।
कार्यक्रममा टीभीएस अपाचे दि भ्वाइस अफ नेपालका फाइलिष्टहरु सीडी विजय, कुशल, सप्तक र श्रृजयले आफ्नो कला प्रस्तुत गर्नेछन जसको माध्यमबाट उनीहरुमध्ये एक जना टीभीएस अपाचे दि भ्वाइस अफ नेपालको विजेता हुनेछ ।

चारै जना फाइनलिस्टमध्ये दर्शकहरुको भोटको आधारमा विजेता चयन हुनेछ । विजेताले २५ लाख रुपिया“को नगद पुरस्कारका साथमा रेनोको एउटा कार प्राप्त गर्नेछन् । त्यस्तै २० लाख रुपिया“बराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्न पाउने छन् ।

टीभीएस अपाचे दि भ्वाइस अफ नेपाल ग्रान्ड फिनालेमा फाइनलिस्टका साथै सेमीफाइनलमा पुगेका टप ८ प्रतियोगीले पनि आफ्नो प्रस्तुती दिनेछन् ।
कतार, दोहाको एमपी थिएटरमा डिसेम्बर १४ तारिख अर्थात मंसिर २८ गते शुक्रबार बेलुकी १० बजेदेखि शुरु हुने ग्रान्ड फिनाले नेपालमा कान्तिपुर टेलिभिजन र डिसहोमको रमाइलो टिभीबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्