मह सञ्चारको ‘दाल भात तरकारी’ मा शिवम् सिमेन्टको सहकार्य



काठमाडौं, (नेस)
शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारका बीचमा मह सञ्चार समँहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’ का लागि आर्थिक तथा प्रवद्र्धनात्मक क्षेत्रमा सहकार्य गर्ने सम्झैता भएको छ ।

उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका सेल्स एन्ड मार्केटिङ भाइस प्रेसिडेन्ट सजन देवकोटाको उपस्थिति रहेको थियो भने मह सञ्चारको तर्फबाट हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसीलगायतको उपस्थिति रहेको थियो । उक्त चलचित्र आगामी वैशाखमा रिलिज हुन भएको छ ।

मनोरञ्जनको मामिलामा ‘नो कम्प्रमाइज’ भन्दै शिवम् सिमेन्टले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गतेमा समेत सहकार्य गरेको थियो ।

उक्त सम्झौतामा मह सञ्चारका तर्फबाट किरण केसीले शिवम् सिमेन्टसँग सहकार्य गरी चलचित्र निर्माण एवम् प्रवद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राडलाई समेत सहकार्य गर्न हौसला मिलेको बताउनुभयो ।

शिवम् सिमेन्टले नो कम्प्रमाइजको नारासहित शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

‘गुणस्तरको पहिचान हो शिवम्,’ ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं,’ क्वालिटीको मामिलामा नो कम्प्रमाइज जस्ता नाराका साथ अगाडि बढेको शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको कम्पनीको दाबी छ ।

काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरूमा शिवम् सिमेन्टको प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्