सानिमा बैंकको १४औं साधारणसभा सम्पन्न



काठमाडौं, (नेस)
सानिमा बैंकको १४आंै वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पँुजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै सर्वसाधारण समँह (समँह ‘ख’) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकमा भरतकुमार पोखरेल र महेश घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा खुद नाफा १ दशमलव ७० अर्ब नाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति ९१ दशमलव ८२ अर्ब, कुल निक्षेप ७९ दशमलव १८ अर्ब तथा कर्जा सापटी ६९ दशमलव २४ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०७३÷७४ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः २३ दशमलव २७, ३५ दशमलव ९९, ३४दशमलव शँन्य ८, र ३२ दशमलव १५प्रतिशतले बृद्धि गरेको छ । गत असार मसान्तसम्म बैंकको वित्तीय परिसँचक निश्कृयकर्जा शँन्य दशमलव शँन्य ३ प्रतिशत, पुँजी कोष १२ दशमलव ४१ प्रतिशत, तरलता २४ दशमलव ७२ प्रतिशत र मासिक कर्जा निक्षेप अनुपात ७८ दशमलव ७८ प्रतिशत रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्