११ महिनामा १० लाख पर्यटक नेपाल आए, ७ वर्षपछि लक्ष्य प्राप्त



दीपेन्द्र थापा, काठमाडौं
वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सात वर्षपछि पँरा भएको छ । सन् २०११ मा पर्यटन वर्ष मनाने क्रममा लिएको उक्त लक्ष्य सन् २०१८ मा आएर पँरा भएको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार चालू सन् २०१८ को ११ महिना (जनवरीदेखि नोभेम्बर) सम्म १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो हालसम्मकै उच्च तथ्यांक हो ।

यसअघि सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपालको भ्रमण गरेका थिए । जुन सन् २०१६ को तुलनामा २८ दशमलव ८८ प्रतिशतले बढी थियो ।

सन् २०११ नेपाल पर्यटन वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भए पनि ७ लाख ३६ हजार २ सय १५ जना पर्यटन नेपाल आएका थिए । त्यस्तै सन् १९९८ मा आयोजित ‘भिजिट नेपाल’ ५ लाख पर्यटनले नेपाल भ्रमण गर्ने लक्ष्य लिएकोमा ४ लाख ६३ हजार ६ सय ७४ जनाले नेपाल भ्रमण गरेका थिए ।

११ महिनामा १० लाख पर्यटकको आगमन हुनु पर्यटन क्षेत्रका लागि उत्साहप्रद रहेको र सरकारले ७ वर्ष अगाडि लिएको लक्ष्य यति बेला आएर पँरा भएको पर्यटनविद् प्रचन्डमान श्रेष्ठ बताउनुभयो । भारत र चीनका नागरिकको भ्रमणमा देखिएको रुचीका कारण नेपालको पर्यटन आगमन बढेर गएको हो यसको लागि अझै छिमेकी मुलुकमा नेपालको प्रचारप्रसार तीव्र पार्दै लैजानुपर्नेमा श्रेष्ठको जोड छ ।

भँकम्प र नाकाबन्दीपछि नेपाली पर्यटन उद्योग आशालाग्दो रुपमा विकास हुँदै गएको छ, यसको लागि नेपालले निरन्तर पँर्वाधार निर्माणमा ध्यान दिँदै जानुपर्ने श्रेष्ठले बताउनुभयो । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । केही वर्ष यता पर्यटक आगमन बढेर गएको भए पनि दुई वर्षमै २० लाख पर्यटक नेपाल भित्र्याउन सम्भव नरहेको श्रेष्ठको भनाइ छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सन् २०१८ को ११ महिनामै १० लाख पर्यटक भित्र्याउनु सकारात्मक रहेको र सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने आधार बन्दै गएकाले लक्ष्य पँरा हुने दाबी गर्नु भएको छ । अक्टोबर र नोबेम्बर महिनामा मात्रै भारतबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ११ हजार ५ सय ६६ र १६ हजार १ सय ६७ रहेको छ। यस्तै जनवरीदेखि नोभेम्बरसम्म २ लाख ६० हजार १ सय २४ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सोही अवधिमा चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १ लाख ३४ हजार १ सय ६२ रहेको पर्यटन बोर्डले जनाएको छ।

भारतीय पर्यटक अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशत र चिनियाँ पर्यटक ४३ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ ।

त्यस्तै अमेरिकाबाट ८२ हजार ८ सय ७० र बेलायतबाट ५७ हजार ५ सय ५५ जना पर्यटक नेपाल आएका छन् । भ्रमण वर्ष सफल पार्न सरकारले १० करोड रुपियाँ विनियोजन गरेको छ । सरकारले आगामी २ वर्षभित्र प्रतिपर्यटक दैनिक ६५ डलर खर्च गर्ने र बसाई अवधि १४ दिन पु¥याउने लक्ष्य राखेको छ । हाल एक पर्यटकले दैनिक ५४ डलर खर्च गर्ने गरेको र १२ दिनको औसत बसाई रहेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्