नेपालमा भारतीय २ सय रुपैयाँ नचल्ने



काठमाडौँ ।
सरकारले भारतीय नोट (आईसी) २ सय रुपैयाँ नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारतले हालै मात्र प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको भारतीय नोट नचलाउने निर्णय गरेको हो ।

मन्त्रीपरिषका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २ सय ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना जारी गर्ने बताएका थिए ।

यसअघि नै नेपालमा ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्