रातो गलबन्दी सार्वजनिक



नायिका तथा गायिका सारिका घिमिरे र गायक तथा संगीतकार टंक बुढाथोकीको स्वरमा रहेको नयाँ गीत रातो गलबन्दी मैले भिरेको, तिमीले इसारा सुहाको गरेको म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

यमनाथ मैनालीको शब्द र टंकको संगीत रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। सुनिल क्षेत्रीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा सुनिलसँगै अलिसा शर्मा, नेपाली ठिटोज र गायकगायिका फिचरिङ छन्। बुद्ध थापाको छायांकन, विकास ज्ञवालीको सम्पादनमा तयार भएको गीतको भिडियो सुन्दर बनेको छ। सारिका नायिका हुँदै पछिल्लो समय गायन क्षेत्रमा सक्रिय छिन्।

‘हामीले स्रोता र दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौं। पक्कै पनि स्रोता र दर्शकको रोजाइमा पर्छ।’ –सारिकाले भनिन्।

प्रतिक्रिया दिनुहोस्