न्याय पाएर के गर्नु ?



अड्डा अदालत नभएको ऊ बेला भनिथ्यो–‘न्याय नपाए गोर्खा जानु ।’ अड्डा अदालत स्थापना भएपछि सो भनाई उखान तुक्कामा सीमित भएको छ । अदालतले सहि इन्साफ गरेन भने अझै पनि त्यहि उक्ति दोहोरिरहन्छ, दोहो¥याउनेहरुको संख्या बाक्लै छ ।

अहिले समय धेरै बदलिएको छ, अन्यायमा परेका धेरैलाई न्यायलयले न्याय दिइरहेको छ, अदालतले ‘दूधको दूध पानीको पानी’ छुट्याउने गर्छ । तर अदालत र अदालत परिसरमा कहिले काहिँ अचम्मैका दृश्य देखिन्छन् भन्या । जसले मुद्धा जित्छ उसले अदालतका कर्मचारीलाई खुशी बनाउन खर्च गर्नै पर्ने रे ।

जसले अन दी स्पोर्ट खर्च ग¥यो उसले अदालतको फैसला पनि ताततालै हातमा पार्दो रैछ हैन भने कुरो २÷४ हप्तापछि धकेलिँदो रैछ । धरहराले निधक्क पैसा माग्ने कर्मचारीको ग्याङै देख्यो मंगलबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरमा । मुद्धा जित्ने एक अधवैशेलाई पैसा खर्च गर्न ¥याख¥याखती पार्दै कर्मचारी भन्दै थिए–‘पनि तपाई जाबो ४÷५ हजार पनि खर्च गर्न नसक्ने, हाम्लाई खुशी बनाउनुस्, तपाईलाई फैसला अहिल्यै हातमा ल्याइदिन्छौ हैन भने कुरा त्यहि हो ।’

एक दिन धरहराले चासो दिदा यस्तो देखियो भने दैनिक त्यस्ता दृश्य र धम्की कति दोहोरिन्छन् होला ? न्याय दिने न्यायधिश, अदालत चलाउने कर्मचारी ? त्यहि भएर पो रैछ अहिले पनि त्यहि पुरानो उखान दोहो¥याउनुपर्ने बाध्यता ।

प्रतिक्रिया दिनुहोस्