दिपायल –धनगढी द्रुत मार्गको निर्माण कार्य अझै सुरु भएन



विमल बिष्ट, डोटी ।
दिपायल – धनगढी द्रुत मार्ग योजना प्रदेश सरकारलाई हस्तान्तरण गरी २ जना ईन्जिनियर खटाईएपनि निर्माणकार्य अझै सुरु भएको छैन् । निर्माण कार्य सुरु नहुदा उक्त दु्रतमार्ग अलपत्र परेको छ ।

लामो समय सम्म धनगढी –दिपायल द्रुत मार्गको स्वामित्व विवाद रहेकोमा संघीय सरकारले गएको मंसिर ४ गते सडक निर्माणको जिम्मा प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको थियो । प्रदेश सरकारलाई योजना हस्तान्तरण भएपछि प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले २ जना ईन्जिनियरलाई उक्त योजनाका लागि खटाउन बाहेक अन्य प्रगती भने हुन सकेको छैन् ।

विगतमा प्रदेश र संघिय सरकार विच स्वामित्वको विषयमा टुङगो नलाग्दा रोकिएको निर्माणको काम अहिले स्वामित्वको विवाद हटेपनि निर्माण सुरु हुन नसकेको स्थानियको आरोप छ ।

धनगढी दिपायल द्रुत मार्ग हेर्दै आएका भौतिक पुर्वाधार विकास मन्त्रालयका ईन्जिनियर विरेन्द्रवहादुर चन्दले रुख कटानीको आदेश नपाउँदा काम अगाडी बढ्न नसकेको बताउनु भयो । उहाँले भन्नु भयो ‘ प्रदेश सरकारको मातहतमा योजना आएको छ तर रुख कटानीको आदेश भने योजना कार्यालयले नल्याएका कारण काम अलमलमा परेको हो ।’

रुख कटानीको फाईल १० महिनादेखि संघीय बन मन्त्रालयमा अड्किदा पनि फाईल अगाडी बढाउन कुनै पहल नभएको स्थानियबासीहरु बताउछन् । उता सुदूरपश्चिमका मुख्यमन्त्री लगायतका सरकारका प्रतिनिधिहरु भने यसै आर्थिक बर्षभित्र द्रुत मार्गमा गाडी गुडाउने दाबी गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आउदो बैसाक देखि द्रुत मार्ग सञ्चालन हुने बताउनु भयो ।

‘जस्ले जे भने जे गरेपनि आउदो बैसाक देखी दु्रतमार्ग पक्का सञ्चालनमा आउछ, उहाँले भन्नु भयो ‘ढुक्क हुनुहोस दु्रतमार्गमा गाडी गुडायरै दोउछौ ।’ डोटी बाट सडक क्षेत्रमा पर्ने १ हजार ६१ रुख काट्न अनुमति लिनु बाँकी छ भने कैलालीमा झण्डै २ हजार रुखहरुका लागि अनुमति लिनु बाँकी रहेको बताईएको छ ।

रुख कटानीका लागि लिईएको अनुमती संघीय बन मन्त्रलायमा अड्कीएको बताईएको छ । प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले २ जना ईन्जिनियर परिचालन गरेपनि योजना प्रमुख, अन्य प्राविधिक कर्मचारीको भने व्यवस्थापन गर्न सकेको छैन् । बजेट पनि १२ करोड मात्रै विनियोजना हुँदा यसै आर्थिक बर्ष भित्र ट्रयाक खोल्न चुनौती बढ्दै गएको धनगढी दिपायल द्रुत मार्ग हेर्दै आएका भौतिक पुर्वाधार विकास मन्त्रालयका ईन्जिनियर हरि प्रशाद जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘रुख काट्ने र सडक खन्ने काम त बेग्लैछ हामी संग त योजनाका लागि आवश्यक कर्मचारीको पनि अभाव छ,हेरौ केके गर्न सकिन्छ ।’ दिपायल–धनगढी दु्रतमार्गको अवस्थाका बारेमा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रीलोचन भट्टसहितको टोलीले हालै अनुगमन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्