गाउँपालिका अध्यक्ष केसीलाई घरमै कुटपिट



धनवीर दाहाल, रुकुम
रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीलाई घरमै गएर एक समुहले आक्रमण गरेको छ । मंगलबार राति ८ बजे अध्यक्ष केसीमाथी आक्रमण भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा रहेका रहेका अध्यक्ष केसीमाथी बिहेबाट फर्किरहेका युवाले ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । कुटपिटपछि केसीको टाउकोमा ३ वटा टाँका लगाइएको छ भने गालामा पनि सामान्य चोट छ । बाँफिकोट स्वास्थ्य चौकीमा राति नै उपचार गराएर अध्यक्ष केसी घर फर्किसक्नुभएको छ ।

मदिरा सेवन गरेका युवाहरुले अध्यक्ष केसीको घरबाहिर राखिएका भाँडाकुँडा तोडफोड गर्न थालेपछि घर बाहिर आएर त्यसो नगर्न आग्रह गर्दा उहाँलाई आक्रमण तथा कुटपिट भएको स्थानीयले प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । डिएसपी खड्काका अनुसार कुटपिटमा संलग्न ७ जनालाई नियन्त्रणमा लिइएको छ । राति १ बजे ५ र बिहान २ जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्