सलिनमानको यात्रा



डेब्यु फिल्म ए मेरो हजुर २ मार्फत नै राइजिङ स्टारको ट्याग पाएका चकलेटी हिरो सलिनमान बानिया पछिल्लो समय फिल्म यात्रा ः अ म्युजिकल भ्ल्गका कारण चर्चामा छन्। हाल उनी यसैको डबिङमा व्यस्त छन्।

दोस्रो फिल्ममार्फत आप्mनो स्टारडम झनै बढाउने प्रयासमा तल्लीन सलिनको डबिङसँगै यो फिल्मको काम अन्तिम चरणमा पुगेको छ। चकलेटी फेस तथा कोरियन लुक्सका कारण उनका फ्यान स्वदेशसँगै विदेशमा पनि उतिकै छन्। उनी प्रायः पब्लिक हँुदैनन्, यसैले पनि उनको गतिविधिमा फ्यानको राम्रो चासो हुने गर्छ। सलिन फिल्ममा भ्ल्गरको भूमिकामा छन्।

फिल्ममा सलिनले गरेको डान्स र फाइटको चर्चा यतिबेला टिममा छ। ‘सलिन निकै मिहेनती छन्, उनले आफूलाई बेस्ट देखाउन मिहेनत गरेका छन्’, निर्देशक सम्राट शाक्यले भने– ‘हामीले फिल्ममा जर्नीको क्रममा आउने घटनाक्रमलाई देखाउने कोसिस गरेका छौं।’

फिल्मलाई लिएर सलिन पनि उत्साहित छन्। ‘हामीले सोचेकै दृश्यलाई पर्दामा देखिरहेको छुु’, उनले भने– ‘फिल्मका लागि टिमले निकै मेहनत गरेका छौं। दोस्रो फिल्ममा आइपुग्दा आफूलाई झनै परिपक्व बनाउँदै छु।’ उनी फिल्मबाट निकै आशावादी छन्।

फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा वज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय रहेको छ। यसै फिल्ममार्फत मल्लिका महत डेब्यु गर्दैै छिन् भने विदेशी कलाकार चीनका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ। फिल्ममा बालकलाकारका रूपमा पछिल्लो समय युट्युबमा चर्चामा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्। सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्म कोटकी कालिका देवी फिल्म्स प्रालि, क्रिएटिभ फिल्म प्रोडक्सन र हरिओम सिने मेकर्सको ब्यानरमा केशव भट्टराई र चिजकुमार श्रेष्ठको प्रस्तुति, सुशील पोखरेलको निर्माण तथा विक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरेको सहनिर्माणमा बनिरहेको छ।

फिल्ममा कथा निर्देशक सम्राटकै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन्। फिल्मको मुख्य सहायक निर्देशक सुरेश नै रहेका छन् भने यसलाई सञ्जय लामाले खिचेका हुन्। फिल्ममा शम्भुजित बास्कोटा, प्रतीक पौडेल र कोविद वज्रको संगीत, कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र बनिश शाहको सम्पादन रहेको छ। फिल्म नयाँ वर्षको अवसर पारेर आगामी चैत २९ गते अल नेपाल रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्