नेपाल अर्बुद रोग निवारण संस्थाको २६ औँ जिल्ला सभा सम्पन्न



काठमाडौँ ।
नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौँ जिल्ला शाखाको २६ औँ जिल्ला सभा कार्यक्रम सप्पन्न भएको छ ।

कार्यक्रम काठमाडौँ जिल्लाका शाखाका सभापति अजयसिंह सुवालको सभापतित्व तथा केन्द्रिय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।

सो कार्यक्रममा केन्द्रिय उपाध्यक्ष एम सार्क अंकोलोजिस्ट फेडेरेशनका अध्यक्ष वरिष्ठ क्यान्सर विशेषज्ञ डा। राजेन्द्र बराल, पूर्व केन्द्रिय अध्यक्ष जीतबहादुर श्रेष्ठ, नेपाल क्यान्सर हस्पीटल एण्ड रिसर्च सेन्टरका अध्यक्षका शाखा सल्लाहकार डा। सुदिप श्रेष्ठ, शाखाका निवर्तमान सभापति भागवत श्रेष्ठ, काठमाडौँ जिल्लाका शाखाका उपसभापति द्वय हरिगोपाल प्रधान र डा। विमला शाक्य, सचिव दिव्यलक्ष्मी बज्राचार्य, कोषाध्यक्ष कृष्ण महर्जन, सह–कोषाध्यक्ष राजेश श्रेष्ठ, कार्यसमिति सदस्य, आजिवन सदस्य, विभिन्न संस्थाका प्रतिनिधी, मिस नेवाः २०३८ लगायतकाको सहभागिता रहेको थियो ।

उपसभापति विमला शाक्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शाखाकी सचिव दिव्यलक्ष्मी बज्जाराचार्यले आ।व। २०७४÷७५ को वार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष महर्जनले वार्षिक आय व्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ डा। राजेन्द्र बरालले क्यान्सर रोगबारे बेलामा नै सचेत हुन सकेमा यो रोग त्यति भयावह नरहेको तथा सुर्तिजन्य पदार्थको सेवन क्यान्सर रोगको प्रमुख कारक तत्व रहेको स्पष्ट पार्दै संस्थालाई सफलताको शुभकामना दिनुभयो ।

उक्त कार्यक्रमको अवसरमा संस्थालाई निरन्तर रुपमा सहयोग गर्दै आउुनुहुने सम्पूर्णलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो भने संस्थालाई निरन्तर रुपमा सहयोग पुर्याउँदै आएको नेपाल वायू सेवा निगमले क्यान्सर पीडितलाई विदेशमा उपचारका लागि जाँदा निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्