भारतले अस्टे«लियामा टेस्ट जित्यो 



एडीलेड, (एजेन्सी)
भारतले अस्टे«लियाविरुद्धको पहिलो टेस्ट नाटकीय शैलीमा ३१ रनले जितेको छ । घरेलु टोली अस्टे«लियाले ४ विकेटको क्षेतिमा १ सय ४ रन बाट पाँचौ दिन लक्ष्य भेटाउन ब्याटिङ गरेको थियो । ३ सय २३ रनको विशाल लक्ष्य भारतले तेर्साएको थियो । शाउन मार्शले ६० रन र कप्तान टिम पाइनेले ४१ रन बनाएपछि टोली ७ विकेटको नोक्सानीमा १ सय ८७ रनमा थियो । तर नाथान लीयोनले ३८ रन बनाएर टोलीको आश दिलाएका थिए । जोश हेजलवुड अन्तिम विकेटको रुपमा आउट हुँदा अस्टे«लिया २ सय ९१ रनमा समेटिएको थियो ।

यो भारतको अस्टे«लियामा टेस्ट सिरिजको शुरुवाती टेस्टमा जित हात पारेको पहिलो पटक समेत थियो । साथै २००८ पछि सो प्रतिद्वन्द्वीविरुद्ध भारतको टेस्टमा पहिलो जित समेत थियो । यो खेल जितेपछि भारतीयक कप्तान विराट कोहलीले बताए—वास्तवमा यो ज्यादै सानदार थियो । हामीले अस्टे«लियामा सिरिजमा कहिल्यै अग्रता लिएका थिएनौ ।

दोस्रो टेस्ट पर्थमा शुक्रबारदेखि शुरु हुँदैछ । अस्टे«लियाले गत मार्चमा बल टेम्परिङको काण्डपछि पहिलो पटक घरमा टेस्ट सिरिज खेलिरहेको छ । पूर्व कप्तान स्टिभ स्मिथ, डेविड वार्नर र केमेरोन बेनक्रफ्ट सो काण्डमा मुछिएर प्रतिबन्धमा लागेका थिए ।

यसअघि भारत पहिलो इनिङमा २ सय ५० रनमा अलआउट भएको थियो । तर अस्टे«लियाले आफ्नै घरेलु मैदान एडीलेडमा फाइदा उठाउन सकेन । टोली २ सय ३५ रनमै अलआउट हुन पुग्यो । १५ रनको अग्रता लिएको पाहुना टोली भारतले दोस्रो इनिङमा ३ सय ७ रन जोडेर ३ सय २३ रनको लक्ष्य निर्धारण गरेको थियो । भारतीय बलरमा जस्प्रीत बुम्राह, मोहम्मद शामी र रविचन्द्रन अश्विनले ३÷३ विकेट बाँडेपछि भारतको जित संभव भयो ।

यसै टेस्टमार्फत् भारतीय विकेटकिपर रिषभ पन्तले ११ क्याच लिएर कीर्तिमान राखे । उनले इंग्ल्यान्डका विकेटकिपर ज्याक रसेल र दक्षिण अफ्रिकाका विकेटकिपर एबी डिभिलियर्सले एकै टेस्टमा ११ क्याच लिएको बराबरी गरे । उनले बुम्राहको बलमा पेट कमिन्सको क्याच नछुटाएको भए उनी एक्लोे कीर्तिमानमा हुन्थे ।

प्रतिक्रिया दिनुहोस्