गोरखामा फल्यो ३८ करोडको सुन्तला



सन्तोष अधिकारी, गोरखा
वर्षेनी सुन्तलाको विरुवा मर्दै उत्पादन घटेपनि यस वर्ष गोरखाका किसानले ३८ करोड रुपैयाँ बुझेका छन् ।

गत वर्ष भन्दा २५ प्रतिशत हाराहारी उत्पादन बृद्धि भएपछि किसानले रकम धेरै बुझेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, सुन्तला जात फलफुल जोन कार्यालयका अनुसार यस वर्षको मौसम अनुकुल भएकोल पनि किसानले राम्रो आम्दानी र उत्पादन गरेका हुन् ।

‘यस वर्ष उत्पादन राम्रो भयो, किसानले आम्दानी पनि राम्रो गरे’ कार्यालय प्रमुख अजय अधिकारीले भने ‘गत वर्षको तुलनामा बढि सुन्तला फलेको तथ्यांक छ ।’ आथिर्क वर्ष २०७४÷७५ मा ८६० हेक्टरबाट ५५ सय मेक्ट्रिटन सुन्तला उत्पादन भएको थियो । हाल १ हजार ५ हेक्टर क्षेत्रफलमा सुन्तला खेति गरिएको छ । तर ८६५ हेक्टरमा लगाइएको सुन्तला मात्र फले दिने अबस्थामा छन् । चालु आर्थिक वर्षमा उक्त क्षेत्रबाट ७ हजार ६ मेक्ट्रिटन सुत्तला उत्पादन भएको सुन्तला जोन कार्यालयको भनाई छ । ‘यो कृषि ज्ञान केन्द्र र सुन्तला जात फलफुल जोन कार्यालयको सयुृक्त डाटा हो’ उनले भने ‘दुबै कार्यालयले जिल्ला भर उत्पादन भएका सुन्तलाको तथ्याङ्क भेरिफाई गरी यो डाटा निकालेको हो ।’

गोरखामा ताङ्लीचोक, मनकामना बक्राङ, फिनाम, हंसपुर, नारेश्वर धेरै सुन्तला उत्पादन हुने क्षेत्र हुन् । यसरी हेर्दा यस वर्ष जिल्लामा ३८ करोड ५३ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको कार्यालयको अनुमान छ । यस वर्ष प्रयाप्त पानी परेको र रोग किराको आक्रमण पनि कम भएकाले सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख अधिकारीले बताए। ‘यो वर्ष सुन्तला उत्पादनका हिसाबले निकै अनुकल रह्यो’ उनले भने ‘सुन्तलालाई चाहिने बेला प्रशस्त पानी प¥यो जसले गर्दा उत्पादन वृद्धि गर्न सघाउ पुग्यो ।’ सुन्तला खेति हुने जिल्लाका अधिकाशं स्थानमा सिञ्चाईको प्रयाप्त सुबिधा नहुँदा आकाशे पानीको भर पर्नु अबस्था छ ।

कृषि ज्ञान केन्द्र र सुन्तला जोन कार्यालयको सयुक्त पहलमा सुन्तला खेति हुने विभिन्न स्थानमा बगैचा सुदृढीकरण, नयाँ बगैचा निर्माण, रोग किराका नियन्त्रण लगायतका कार्याक्रमहरु सञ्चालन भइहरेको छ । जसले गर्दा पनि उत्पादनमा वृद्धि भएको कार्यालको दाबी छ । ‘मलजल गर्नुपर्छ, रोग किराको नियन्त्रण गर्नुपर्छ भनेर हामीले किसानहरुलाई सुशुचित गरिरहेका छौ’ कार्यालय प्रमुख आर्चायले भने ‘गत वर्ष कम फलेकाले पनि यस वर्ष बढि उत्पादन भएको हो ।’

यस वर्ष सुन्तला बढि फलेकाले आगामी वर्ष त्यसको असर पर्ने हुँदा कम उत्पादन हुन सक्ने कार्यालयको अनुमान छ । समयमै सुन्तला टिप्न नसक्ने हो भने पनि आगामी वर्षको उत्पादनमा ह्रास आउने विज्ञहरु बताउँछन । ‘नयाँ पालुवा आउनु, फूल फुल्नु अगाडी नै पुराना फल टिप्नु पर्छ’ उनले भने ‘जसले गर्दा सुन्तलाको बोटले आराम पाउँछ र अर्को वर्षको उत्पादनमा ह्रास आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्