सरकारलाई कर्मचारीको पूर्ण सहयोग छ: प्रम ओली



काठमाडौं(नेस) प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारलाई कर्मचारीको पूर्ण सहयोग रहेको बताउनुभएको छ ।

अन्तर प्रदेश परिषदको बैठक समापनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।

“कर्मचारीहरु पनि संघीयतामा पोख्त होइनन् । उनीहरुले पनि संघीयताको प्रयोग सिक्दैछन्” प्रधानमन्त्रीओलीले भन्नुभयो “त्यसैले संघीयता सफलपार्न कर्मचारीले असहयोग गरे,सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन । हामी राजनीतिज्ञ जस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन् ।उनीहरुले जाने बुझे अनुसार सहयोग नै गरेका छन् । ”

आवश्यकताअनुसारकाकर्मचारी नहुँदाप्रदेशहरुमाकर्मचारीको अभावभएको हुनसक्ने प्रधानमन्त्रीओलीको भनाइ छ ।

लोकतन्त्रविरोधी केहीतत्वहरुले विभिन्नविषय उछालेर देशलाई अस्थिरतानिम्त्याउने प्रयास गरेको प्रधानमन्त्रीओलीले बताउनुभयो । “सरकारलाई कहाँबाट बदनामगर्न सकिन्छ । संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्ने गौंडाहरु कुरेर बसेका छन् ” प्रधानमन्त्रीओलीले भन्नुभयो “त्यस्ताहरुलाई मौकादिनुहुदैन ।”

देशमा अनेक नाममाद्वन्द्वमच्चाउने र विखण्डनकोे प्रयास गर्नेका विरुद्ध सरकारले कडा कदमचाल्ने प्रधानमन्त्रीओलीले बताउनुभयो ।

“देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाभएको छ । अबचाहिएको कुनव्यवस्थाहो ?यहीव्यवस्था भित्रबाट जे चाहिएको हो त्यही कुरा पाउन सकिन्छ” प्रधानमन्त्रीओलीले भन्नुभयो “त्यस कारण अनेक नाममाबखेडा किनझिक्ने ? यो त केवलचन्दा उठाउने र जनतालाई त्रसितपार्ने काममात्रहो ।”

बैठकमा प्रदेश ५ कामूख्यमन्त्रीशंकर पोख्रेल,कर्णालीप्रदेशकामूख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदुरपश्चिमप्रदेशकामख्यमन्त्रीत्रिलोचनभट्टले आफ्नाप्रदेशका समस्याकाबारेमाप्रतिवेदन पेश गर्नुभएको छ ।

बैठकले प्रदेश र संघका काममातालमेल मिलाउन,आवश्यककानुनहरुको परिर्माजन गर्न र प्रदेशहरुलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्नका लागि गृह मन्त्री रामबहादुर थापाबादलको संयोजकत्वमा एक समिती गठन गरेको छ ।

समितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित,अर्थमन्त्री डा.यूवराज खतिवडा,प्रदेश नं २ कामख्यमन्त्रीलालबाबु राउत,प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्रेल र मख्य सचिब लोकदर्शन रेग्मी रहेको एक समिति गठन गरेको छ । समितीलाई आगामी पुष ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेतन बुझाउने जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्