खस्कियो धेरै ठाउँको तापक्रम



काठमाडौँ, (नेस) । यूरोपेली वायुको भित्रिनेक्रम बढेसँगै काठमाडौं उपत्यका सहित देशैभरको तापक्रम निकै घटेको छ । हिमाली र उच्च पहाडी भेगको तापक्रम निरन्तर माइनसमा झर्न थालेको छ ।

आइतवार माइनस ४ दशमलव ५ डिग्री सेल्सियस रहेको जुम्लाको न्यूनतम तापक्रम सोमबार माइनस ५ पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ । अन्य उच्च भेगको न्यूनतम तापक्रम पनि जुम्लाकै हाराहारीमा रहेको महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो ।

काठमाडौंसहित अन्यत्र अझै चिसो बढ्ने बताउँदै उहाँले भन्नुभयो–‘चिसो बढ्ने समय बल्ल शु? हुँदैछ, विगतका वर्षलाई आधार मान्ने हो भने मंसिर अन्तिमदेखि पुस अन्तिम साता देशैभर चिसो निकै बढ्ने गरेको छ ।’

आइवार काठमाडौंको न्यूनतम तापक्रम यसबर्षकै सबैभन्दा कम ४ दशमलव ४ डिग्री मापन भएको थियो भने सोमबार ४ दशमलव ८ डिग्री मापन भएको महाशाखाको तथ्यांक छ । यो तथ्यांक त्रिभुवन विमानस्थल परिसरमा रहेको स्टेशनले मापन गरेको हो ।

विमानस्थल र काठमाडौं उपत्यकाका अन्य भेगको तापक्रम फरक हुने भएकाले उपत्यकाका भञ्याङ र खुला भेगको तापक्रम अझै खस्किएको विज्ञह? बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्