आज संवैधानिक परिषद्को वैठक: घुमिफिरी जोशी र जबरा नै ‘लाइन’मा



काठमाडौं, (नेस)
प्रधानन्यायाधीश सिफारिसका लागि आज (मंगलबार) संवैधानिक परिषद्को वैठक बस्दैछ । पटकपटक स्थगित हुँदै आएको परिषद्को वैठक आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमील्सिनाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकले प्रधानन्यायाधीश सिफारीस र संवैधानिक निकायका पदाधिकारी रिक्तताबारे निर्णय गर्नेछ ।

प्रधानन्यायाधीश सिफारीसका लागि न्याय परिषद् सचिवालयले यसअघि नै वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रसमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ । जोशीलाई यसअघि संवैधानिक परिषद्ले स्विकृत गरे पनि संसदीय सुनुवाई समितिले अस्विकृत गरेको थियो ।

अवकाश हुनुभन्दा एक महिना पहिले नै भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । सोही बैठकले विभिन्न आयोगको अध्यक्ष र सदस्यको नियुक्तिका विषयमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ । केहि दिन अघि बसेको परिषद्को वैठक काग्रेंस सभापति शेरबहादुर देउवाले पार्टीको काममा व्यस्त हुनुपर्ने र न्याय परिषद्ले गरेको सिफारिसबारे थप अध्ययन गर्नुपर्ने भनेपछि बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्