साम्राज्ञी बन्ने दिन नजिकिँदै गर्दा मासाको अस्थिर



टोक्यो,(एजेन्सी)
जापानका युवराज्ञी मासाकोले आइतवार आफु आगामी अप्रिलमा साम्राज्ञी बन्न लागेकोबारे असुरक्षित महशुस भइरहेको तर आफुले जापानी जनताको उत्कृष्ट सेवाका लागि सक्दो प्रयास गर्ने बताएकी छिन् ।

युवराज नारुहितोले आफ्नो पिता सम्राट अकिहितोको स्थान गहण गरेपछि मासाको ओवादा पनि स्वत साम्राज्ञी बन्ने भएकीछिन् । आm्नो बढ्दो उमेर र स्वास्थका कारण ८४ वर्षिय सम्राट अकिहितोले आगामी वर्ष स्वेच्छाले गद्धि त्याग गर्न लागेका हुन् ।

मासाको धेरै लामो समय देखि तनावसंग सम्बन्धित समस्याबाट पिडित रहँदै आएकीछिन् । अहिले विस्तारै उपचारबाट स्वास्थ लाभ गर्दै आएकी उनले थहप शाही उत्तरदायित्व वहन गर्दै जाने भएकीछिन् ।

हर्वाड र अक्सफोर्डबाट उच्च शिक्षा हासिल गरेकी मासाकोले सन् १९९३ मा शाही परिवारसंग जोडिनु अघि सफल कुटनीतिज्ञको करियर बनाएकी थिइन् । उनले जापानको राजाप्रासादको पुरातनवादी संस्कार र शाही जीवनमा आफुलाई ढाल्न संघर्ष गर्दै आएकी थिइन् ।

आफ्नो ५५ वर्षको जन्मदिनको उपलक्षमा एक विज्ञप्ति जारी गर्दै मासाकोले सम्राट अकिहितोले गद्धि त्यागन लागेको विषयले पनि आफुलाई निकै भावुक बनाएको उल्लेख गरेकीछिन् ।

प्रतिक्रिया दिनुहोस्