एनआईसी एसिया बैंकको नयाँ शाखा झापाबजारमा



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकको नयाँ शाखा झापा गाउँपालिका–२ स्थित झापाबजारमा स्थानपना गरेको छ ।उक्त शाखा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले उद्घाटन गर्नुभयो ।

बैंकको ह देशभर २७० शाखा, २८५ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवम् २० वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २०९ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १७० अर्ब तथा कर्जा १४४ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्