सवारी दुर्घटनामा दुईको मृत्यु



नवलपरासी ।
पश्चिम नवलपरासीको सुनवलमा आईतबार विहान भएको सवारी दूर्घटनामा मोटर साईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय परासी (बर्दघाट सुस्ता पश्चिम)ले जनाए अनुसार मृत्यु हुनेमा जिल्ला कास्की पोखरा लेखनाथ नगरपालिका १६ लामाचौर निवासी ३० वर्षिय प्रविण गुरुंग र २६ वर्षिय विनोद बानिया रहेकाछन् ।

पुर्व बाट पश्चिम तर्फ जांदै गरेको लु १ ख ६७९४ नम्वरको ट्यांड.्करले विपरित दिशाबाट आउदै गरेको ग १५ प ३४९२ नम्वरको मोटरसाईकललाई विहान सवा नौ बजे ठक्कर दिदा उक्त दुर्घटनामा भएको हो ।

मृतक दुवै युवा मध्ये गुरुडंको पृथ्वी चन्द्र अस्पताल परासी र बानियाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाका क्रममा मोटरसाईकल घटनास्थलमै आगलागि भई जलेर पुरै नष्ट भएको र ठक्कर दिने ट्याड.कर र चालकलाई नियन्त्रणमा लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्