भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता कायम गर्न हस्ताक्षर



सरिता चलाउने, सल्यान ।
अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसमा सल्यानमा ¥याली, प्लेकार्ड र प्रतिबद्धता सहित हस्ताक्षर संकलन गरिएको छ । प्रत्येक बर्ष डिसेम्बर ९ मा मनाईने यो दिवस जिल्लामा हरप्लेस सल्यान, सुशासन संघ नेपाल सल्यान र बागेश्वरी असल शासन जिल्ला शाखा सल्यानको सयूक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले भ्रष्टाचार विरुद्ध सुन्य सहनशिलता कायम गर्न हस्ताक्षेर संकलन गरेका हुन ।

सदरमुकाम खलंगाको पुरानो बसपार्क बाट ¥याली, प्लेकार्ड सहित सुरु भएको कार्यक्रम पुनह बसपर्कमा पुगी कोणसभामा परिनत भै म भ्रष्टाचार गर्दिन, म प्रतिबाद गर्छु, यो अभियान सफल पारौ, भ्रष्टाचार शुन्यमा झारौ भन्दै ¥याली, प्लेकार्ड र प्रतिबद्धता सहित हस्ताक्षर गरेका छन ।

कार्यक्रममा जनप्रनिधिहरु, सरकारी कर्मचारीहरु र अन्य सरोकारवाला निकायका व्यक्तिहरुले भ्रष्टाचारका विरुद्ध सुन्य सहनशीलता आवस्यक रहेको वताउदै यस्तो हस्ताक्षर संकलन गरेका हुन् ।

भ्रष्टाचार विरुद्धको दिवसको यस वर्षको नारा भ्रष्टाचारलाइ नाइ भनौं, हरेक नाइको मुल्य हुन्छ भन्ने रहेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले भ्रष्टाचार गर्ने भन्दा पनि भ्रष्टाचार हुनै नदिन तर्फ खबरदारी गर्नुुपर्ने बताउनु भएको छ । रकम लिएर मात्र भ्रष्टाचार नहुने भएकाले सार्बजनिक पदमा रहेका ब्यक्तिहरुले जिम्मेवारी बहन गरेन भने त्यो पनि भ्रष्टाचार भएको मानिने बताउदै उहाँले यस्ता कुराहरुलाई पनि कानुनको दायरामा ल्याउनु पर्ने बताउनु भयो । जहाँ शुसान बढि हुन्छ त्यहाँ भ्रष्टाचार कम हुन्छ, जहाँ भ्रष्टाचार बढि भयो भने त्यहाँ शुसान कम हुन्छ उहाँले भन्नु भयो । प्रकियालाई पु¥याएर काम गरेपछि भ्रष्टाचार आफै कम भएर जाने प्रजिअ ढकालले बताउनु भयो ।

भ्रष्टाचार बिकास बिरोधी भएकाले सबैले यसतर्फ ध्यान दिएर पुर्ण रुपमा शुन्य झार्नुपर्ने शारदा नगरपालीकाका नगरप्रमुख शुरेस अधिकारीले बताउनु भयो । आफु चुनाब लडदा बेला नै म भ्रष्टाचार हुन दिन्न भनेर प्रतिबद्धता जनाई सकेकाले यसमा आफुलाई सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो ।

असल समाज निर्माणको लागी भ्रष्टाचार खतरनाक शब्द हो, भ्रष्टाचारले कुसस्कार निर्माण गर्छ, उहाँले भन्नु भयो, यो बिरुद्धमा सबै लाग्यौ भने असल समाज निर्माण हुन्छ, बिकासले तिब्रगति लिन्छ ।

भ्रष्टाचार हुनदिन्न, म सहदिन भनेर आफु बिगद देखिनै लागेको बताउदै उहाँले यो अभियानमा सबैले जोड दिन आग्रह गर्नुभयो । हरप्लेस सल्यानका जिल्ला अधिकृत दिपेन्द्र शाहीले सन्चालन गरेको कार्यक्रममा हरप्लेसका संयोजक रामचन्द्र गेग्मीले अपिल पत्र बढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, संघ सस्थाका प्रमुख तथा प्रतिनिधि सुरक्षाकर्मी, पत्रकार लगायतको उपििस्थति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्