बुटवलमा हुने भयो सडक खाना महोत्सव



यमलाल भुसाल, बुटवल ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले सडकमै खाऔं सडकमै रमाऔं भन्ने नाराका साथ प्रथम सडक खाना महोत्सवको आयोजना गर्ने भएको छ ।

पर्यटन प्रवद्र्धन र विकासमा टेवा पु¥याउने उद्देश्यले अंग्रेजी नया“ वर्षको अवसर पारेर आउदो पौष १५ र १६ गते बुटवलमा सडक खाना महोत्सवको आयोजना गर्ने भएको हो ।
संघ आफ्नो व्यवसायीक उद्देश्य अनुरुप विभिन्न सामाजिक,रचनात्मक ,मानवीय एवं पर्यटन प्रवद्र्धन र विकासका लागि क्रियासिल रहदै आएको छ ।

सडक खाना महोत्सव बुटवल उपमहानगरपालिका वडा नं. ९ तिनकुने देखि तल होराईजनचोक सम्मको सडकमा आयोजना गर्न लागिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।
सो कार्यक्रमलाई व्यवस्थित र मर्यादित तरिकाले सम्पन्न गर्न शुक्रवार संघ सचिवालयमा आयोजित छलफलमा संघका अग्रज तथा सल्लाहकारहरुले बुटवलको पहिचान हुने गरि खानाको परिकार छनौट गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

उहाँहरुले खाना महोत्सव आयोजना गदै गर्दा प्रदेश नम्बर ५ को संस्कृति भेष भुसा खानपान र बुटवलको पृथक चिनारी झलकाउने परिकारमा ध्यान दिन आग्रह गर्नु भएको थियो ।
संघका प्रमुख सल्लाहकार माधव प्रसाद नेपाल, सल्लाहकार महेन्द्र श्रेष्ठ, देवि कुमार श्रेष्ठ, वाबुराम श्रेष्ठ, कुलचन्द्र पाण्डे, कविराज अर्याल,संघका पूव वरिष्ठ उपाध्यक्ष राम प्रसाद गौतम ,प्रेस सल्लाहकार यमलाल भुसाल लगाएतले होटल व्यवसायीे पर्यटन व्यवसायी भएकाले पर्यटनको विकासका लागि सडक खाना महोत्सवले केही भए पनि योगदान पुराउने धारणा राख्नु भएको महासचिव माधव कुमार खनालले बताउनु भयो ।

संघको आयोजना बुटवलमा पहिलो पटक हुन लागेको सडक खाना महोत्सवको म्युजिक डेस्टिनी ईन्टरटेनमेण्ट सहआयोजक र जावलाखेल गु्रप अफ इन्डस्ट्रिज मुख्य प्रायोजकका रुपमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्