नेपाल र अमेरिकाका सुन्दरी एउटै क्यालेन्डरमा



आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ। सन् २०१९ को क्यालेन्डरमा नेपाली सुन्दरीको ग्ल्यामर फोटो प्रकाशित गरिएको छ। अमेरिकामा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको क्यालेन्डरमा नेपाल र अमेरिकाको नेपाली सुन्दरीको तस्वीर छ।

नेपालमा मोडलिङ गरिरहेका र अमेरिकामा रहेर मोडलिङ गरिरहेकाको फोटोसुट गरेर क्यालेन्डरमा तस्वीर सार्वजनिक गरिएको हो। क्यालेन्डर यँएसए (२०१९) शीर्षक राखिएको क्यालेन्डरमा समावेश सुन्दरीहरूको तस्वीर नेपालका फोटोग्राफर महेश प्रधान र अमेरिकाका फोटोग्राफर विक्रान्तमान श्रेष्ठले खिचेका हुन्।

क्यालेन्डरमा सन् २०११ कि मिस नेपाल यँएस सुजिता बस्नेत, मिस वल्र्ड अमेरिकाको टप १० मा पर्न सफल उकुषा गिरी, मिस ग्लोबल क्विन–२०१५ जस्मिन गुरुङ, मोडलहरू रोजी खुराना, सुनिक्षा मैनाली, स्वस्तिका प्रधान, मोदन न्यान्सी थापा, सिमरन चुडाल, दीपमाला ढकाल, श्रीया लोहनी, निकी आचार्य, सम्पदा बानियाँ र अभिनेतृ सारा सिर्पाइली छन्। यी सबै सुन्दरी नेपाली हुन्, केही नेपालमै मोडलिङ गरिरहेका छन् भने केही अमेरिकामा।

प्रतिक्रिया दिनुहोस्